गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
सारांश
- सार्जुन राई, खोटाङ अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर पाँच वर्षे कार्यकाल पूरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई पुनः भारि मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
- नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका राईले ११ सय ११ मत ल्याउँदै दोस्रँे कार्याकालका लागि पनि आफ्नो सिट सुरक्षित गरेका हुन् ।
- राईको निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याए ।
सार्जुन राई, खोटाङ
अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर पाँच वर्षे कार्यकाल पूरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई पुनः भारि मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका राईले ११ सय ११ मत ल्याउँदै दोस्रँे कार्याकालका लागि पनि आफ्नो सिट सुरक्षित गरेका हुन् । राईको निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याए ।

अघिल्लो कार्यकालमा भएको बिकास र बुइपाबासीको हितमा उल्लेख्य काम गरेका कारण नै दोश्रो कार्यकालको लागि आफुले उत्साहजन मत पाएको निर्वाचित वडाध्यक्ष राइले बताए । वडाध्यक्षमा पुननिर्वाचित बनेका राईले बाँकी रहेका विकास निर्माणका कामहरुलाई तिव्रताका साथ सम्पन्न गर्ने स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया