पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघकाे ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पाकिस्तानमा भएको हत्याप्रति  राष्ट्रसंघकाे ध्यानाकर्षण

सारांश

  • संयुक्त राष्ट्रसंघ, १० साउन ।
  • पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् ।
  • नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उनका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसंघ, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उनका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

मतदानका क्रममा पाकिस्तानको क्वेटा प्रान्तमा भएको सो बम हमलामा परी ३१ जनाको ज्यान गएको थियो । यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको सो विज्ञप्तिमा बम आक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् । सो विज्ञप्तिमा महासचिव गुटरेसले आतङ्कवादका विरुद्धमा पाकिस्तान सरकारले जारी राखेको लडाइँमा आफ्नो सहयोग र ऐक्यबद्धता रहेको पनि बताएका छन् ।

पाकिस्तानमा संसद र चारवटा प्रान्तीय सभाका लागि बुधबार मतदान भएको थियो । यहाँ निर्वाचनजन्य हिंसामा परी अरु कैयौँको ज्यान गएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई जेल सजाय सुनाइएकाले पनि हिंसा बढ्ने अनुमान गरिएको थियो । आतङ्ककारी गतिविधिबाट सताइएको पाकिस्तानमा चुनाव–केन्द्रित हिंसात्मक घटना भएका छन् । हिंसात्मक आक्रमणमा परी १८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?