धर्म परिवर्तन गराउँदै हिड्नेलाई ५ वर्ष जेल
सारांश
- शिखरन्युज ।
- अबदेखि कुनै पनि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउँदै हिड्ने जोसुकैलाई ५ वर्ष कैद हुने भएको छ ।
- आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको नयाँ कानुनमा धर्म परिवर्तन गराउन खोज्नेलाई कैद सहितको जरिवाना व्यवस्था गरिएको हो ।
शिखरन्युज । अबदेखि कुनै पनि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउँदै हिड्ने जोसुकैलाई ५ वर्ष कैद हुने भएको छ ।
आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको नयाँ कानुनमा धर्म परिवर्तन गराउन खोज्नेलाई कैद सहितको जरिवाना व्यवस्था गरिएको हो ।
यदि कुनै पनि विदेशीले धर्म परिवर्तन गराउँदै हिडेको छ भने नेपाल बाहिर पठाउने समेत ऐनमा व्यवस्था छ । दोषी प्रमाणित भएमा ५ वर्ष कैद सहित ५० हजार रुपियाँ जरिवाना ऐनमा व्यवस्था छ ।
ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ ।’
यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ । भदौ १ देखि कार्यान्वयनमा आउने मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन र फौजदारी कसुर ऐन २०७४ तयार भैसकेको छ ।
प्रतिक्रिया