१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार

सारांश

  • सप्तरी ,१२ साउन ।
  • सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वार्ड नं –८ बस्ने २५ वर्षीय गजेन्द्र साह सोनारले ७ बर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
  • गजेन्द्रले कहिले फकाएर र कहिले डर त्रास देखाएर विगत १ महिना भन्दा बढी समय देखि बालिकाको बलात्कार गर्दै आएको प्रहरीको भनाई छ।

सप्तरी ,१२ साउन । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वार्ड नं –८ बस्ने २५ वर्षीय गजेन्द्र साह सोनारले ७ बर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। गजेन्द्रले कहिले फकाएर र कहिले डर त्रास देखाएर विगत १ महिना भन्दा बढी समय देखि बालिकाको बलात्कार गर्दै आएको प्रहरीको भनाई छ।  व्यापार गर्न बाबुआमा स्थानीय कञ्चनपुर बजारमा गएको समय पारी उनले बालिकालाई बलात्कार गर्दै आएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर प्रतिक विष्टले बताए।

निरन्तरको बलात्कार पछि सिकिस्त हुँदै गएकी बालिकालाई परिवारका सदस्यले सोधीखोजी गरेपछि उक्त घटना सार्वजनिक भएको हो। बालिकाले आफ्नी आमालाई घटनाको बारेमा जानकारी गराएकी थिइन्। बालिकाका अनुसार पछिल्लो पटक गत मंगलबार गजेन्द्रले मुख थुनेर जबरजस्ती गरेको उनकी आमाले बताइन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि शुक्रबार बालिकालाई घर ल्याइएको छ। आरोपित गजेन्द्र फरार छन्।

पीडित बालिकाको बयान र आमाबुवाको उजुरीका आधारमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाइएको र फरार रहेका अभियुक्त गजेन्द्रको खोजीकार्य भइरहेको सप्तरीका एसपी मुकेश कुमार सिंहले बताए। ‘एकदमै जघन्य अपराध भएको छ।,’ एसपी सिंहले भने, ‘परिवारबाटै प्रहरीलाई ढिलो जानकारी आएकाले आरोपी भाग्ने मौका पाएको ले निजलाई पक्राउ गरी आवश्यक कारबाही गर्छाै।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hem Mina

    Sale khate kukur lai fasi dinu prx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?