सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्याे
सारांश
- काठमाडौं,१३ साउन ।
- करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ।
- यातायात व्यवस्था विभागले अार्इतबार( आज) देखि आवेदन खुला गरेको हो।
काठमाडौं,१३ साउन । करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले अार्इतबार( आज) देखि आवेदन खुला गरेको हो। गत २१ जेठमा विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको थियो।
साउन १ गतेदेखि आवेदन खुल्ने बताइएपनि १३ दिनपछि आवेदन खुला गरिएको हो। लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्छ । विभागको वेभसाइटमा गएर फर्म भर्नुपर्छ ।
काठमाडौं उपत्यकाका चावहिल, जगाति, ठूलो भर्याङ र स्वयम्भूबाट लाइसेन्सको परिक्षा तथा ट्रायल हुन्छ । त्यस्तै उपत्यकाबाहिर कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परिक्षा र ट्रायल हुन्छ। 
(mva.la)
प्रतिक्रिया