काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
  • उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।

“उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ । पूर्व केन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहेका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका थिए ।

विसं २०४८ को आम निर्वाचनमा काँग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका उनले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताएका काँग्रेसले जनाएको छ । उउका दुई छोरा र तीन छोरी छन् । पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Susila Gurung

    K cha hajur li hahahhhhh

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?