कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु

सारांश

  • वाशिंटन।
  • विश्वभर कोरोना भाइरसका कारण हालसम्म १ लाख ४५ हजार ५१५ जनाको मृत्यु भएको छ।
  • पाँच लाख ४६ हजार भन्दा धेरै कोरोना संक्रमित उपचार पछि निको भएका छन्।

वाशिंटन। विश्वभर कोरोना भाइरसका कारण हालसम्म १ लाख ४५ हजार ५१५ जनाको मृत्यु भएको छ। पाँच लाख ४६ हजार भन्दा धेरै कोरोना संक्रमित उपचार पछि निको भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। जहाँ ६ लाख ७७ हजार ५७० कोरोना संक्रमित छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार केही राज्यमा प्रतिवन्ध हटाउने घोषणा गरेका छन्। उनले राज्यका गभर्नरसँग यो विषयमा छलफल गर्ने पनि जानकारी दिए। त्यसका लागि नयाँ गाइडलाइन बनाइएको छ। जस अनुसार कम संक्रमण भएका इलाकामा शनिवारदेखि प्रतिबन्धलाई विस्तारै विस्तारै खुकुलो पारिने छ। जहाँ धेरै संक्रमित छन् ती क्षेत्रमा पहिला जस्तै प्रतिबन्ध कायम रहनेछ।

उता ब्राजीलका स्वास्थ्यका राष्ट्रपति जायर बोल्सोनारोले संक्रमण रोक्नका लागि अभियान संचालन गर्ने स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यान्डेटालाई हटाएका छन्। बोल्सोनारो देशका संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाउने पक्षमा थिएनन्। यसैबीच अमेरिकको न्यूयोर्कमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार १९८ पुगेको छ। न्यूयोर्कमा मात्रै १६ हजार १०६ जनाको मृत्यु भइसकेको छ। यसैबीच न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासियोले प्रवासी मजदुर र तीनका परिकारका लागि २० मिलियन डलरको कोष स्थापनाको घोषणा गरेका छन्। यसबाट २० हजार भन्दा धेरै मजदुर लाभान्वित हुने बताइएको छ। यो कोषको घोषणा ओपन सोसाइटी फाउन्डेशनसँग मिलेर गरिएको हो। न्यूयोर्कमा १५ मई सम्म लकडाउन बढाइएको छ।

उता युरोपमा कोरोनाबाट सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ। इटलीमा अहिलेसम्म २२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ। इलटीमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार भन्दा धेरै छ। युरोपमा स्पेनममा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ। स्पेनमा १ लाख ८२ हजार ८१६ संक्रमित छन्। फ्रान्समा संक्रमितको संख्या १ लाख ४७ हजार भन्दा धेरै छ। फ्रान्समा मृतकको संख्या १७ हजार १६७ पुगेको छ।

बेलायतमा कोरोनालाई नियन्त्रण गर्न सरकारले लकडाउनको समय थप तीन हप्ता बढाएको छ। यहाँ २५ दिन पहिला लकडाउनको घोषणा गरिएको थियो। बेलायतमा २१ दिन प्रधानमन्त्री बोरिस जोनसन अस्पताल र आइसोलेशनमा बसे। अहिले उनी स्वस्थ छन्। बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख भन्दा धेरै पुगेको छ। यहाँ तीन लाख २७ हजार ६०८ जनाको कोरोना परीक्षण गरिएको थियो। तीमध्ये १ लाख तीन हजार भन्दा धेरैमा कोरोना पोजेटिभ देखिएको थियो। बेलायतका अस्पतालमा अहिलेसम्म १३ हजार ७२९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?