प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ

सारांश

  • काठमाडाैं, १६ साउन ।
  •   प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ ।
  • बुधबार बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ ।

काठमाडाैं, १६ साउन ।  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । बुधबार बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो । सोमबार बोलाइएको बैठक आज दिउँसोसम्मका लागि स्थगित भएको थियो।

प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जोशीको विपक्षमा उभिएको छ । विपक्षी दल कांग्रेस जोशीको पक्षमा देखिन्छ ।जोशीलाई अस्वीकृत गर्दा संसदीय सनुवाइ समितिले ‘कारणहरू’ खुलाउने भएको छ । आवश्यक प्रमाण जुटाउने जिम्मा सांसद योगेश भट्टराईलार्इ दिएको स्रोतले जनाएको छ ।

भट्टरार्इले कानुनविद्हरुसँग छलफल गरेर  अस्वीकृत गर्दा के लेख्ने र के के गर्नुपर्छ नेतृत्वलार्इ जानकारी गराउने बताइएको छ । जोशीले अनुमोदन हुनका लागि राजनीतिक लविङ पनि तीव्र बनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राति भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि जोशी सकरात्मक देखिएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि नै तीन दिनदेखि अदालत नगएका जोशी मंगलबारदेखि अदालत गएका छन् । समितिले जोशीको शैक्षिक योग्यताका प्रमाणपत्र, समितिमा गरेको प्रस्तुति लगायतमा अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?