नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
सारांश
- काठमाडौँ, १६ साउन ।
- कप्तान पारस खड्का एक्लैले ४ विकेट लिँदा नेदरल्याण्ड १८९ रनमा समटिएकाे छ ।
- नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा पारसले ४ विकेट लिनु बाहेक साेमपाल कामीले ३ र बसन्त रेग्मि, सन्दिप लामिछने र करन केसीले समान एकएक विकेट लिए ।
काठमाडौँ, १६ साउन । कप्तान पारस खड्का एक्लैले ४ विकेट लिँदा नेदरल्याण्ड १८९ रनमा समटिएकाे छ । नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा पारसले ४ विकेट लिनु बाहेक साेमपाल कामीले ३ र बसन्त रेग्मि, सन्दिप लामिछने र करन केसीले समान एकएक विकेट लिए ।
नेदरल्याण्डका लागि माइकल रिपनले ५१ बस दि लेडाले ३० र स्टिफन माएवर्गले २९ रन बनाउनु बाहेक अरुले खासै राम्राे प्रदर्शन गर्न सकेनन् ।
७२ रनमा ४ विकेट गुमाए पछि केहि सम्हालिएर रिपन र लेडाले अर्धसतकिय साझेदारी गरेका थिए । तर साेमपाल र बसन्तले एक एक विकेट लिएपछि विपक्षि टाेलि पूनः सम्हालिन सकेन । र १८९ मै समेटियाे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया