के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…

सारांश

  • पछिल्लो समयमा युवापुस्तामा पनि टाउको दुख्ने सम्स्या धेरै देखिन थालेको छ ।
  • टाउको दुखेर काममा अवरोध भइरहेको दुखेसो उनीहरूको हुन्छ ।
  • टाउको दुख्ने समस्या आफ्नै अव्यवस्थित जीवनशैलीका कारण निम्तिरहेको छ ।

पछिल्लो समयमा युवापुस्तामा पनि टाउको दुख्ने सम्स्या धेरै देखिन थालेको छ । टाउको दुखेर काममा अवरोध भइरहेको दुखेसो उनीहरूको हुन्छ । टाउको दुख्ने समस्या आफ्नै अव्यवस्थित जीवनशैलीका कारण निम्तिरहेको छ । त्यसैले यो समस्याबाट मुक्ति पाउन हामीले सबैभन्दा पहिले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । जसले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्छ, उसको टाउको दुख्ने समस्या कम हुँदै जान्छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्न योगलाई माध्यम बनाउन सक्छौँ । हाम्रो दैनिक अव्यवस्थित जीवनशैली, खानपान, धुवाँधुलो, तनाव, अनावश्यक सोचाइका कारण टाउको दुख्ने समस्या भइरहन्छ । टाउको दुख्ने समस्याबाट मुक्त हुन नाडीशोधन प्राणायाम गर्न सकिन्छ । नाडीशोधन प्राणायाम गर्ने तरिकाबारे योग विशेषज्ञ प्रह्लाद दाहाल यसो भन्छन् :

नाडीशोधन प्राणायाम खाली पेटमा गर्नु उपयुक्त हुन्छ । खाली पेट भएको समयमा यस्तो प्राणायाम गर्दा शरीरलाई फाइदा हुन्छ ।

योग गर्दा हामीले सजिलो आसनमा बस्नुपर्छ । बस्न सहज र योग क्रियाका क्रममा कुनै अवरोध नहुने आसन रोज्नुपर्छ । शरीरलाई आराम हुने गरी आसनमा बस्नुहोस् । प्राणायामका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन मिल्ने हुनुपर्छ ।

अबको चरणमा आफ्नो ढाड, गर्दन सीधा पारेर बस्नुहोला । ढाड, गर्दन सीधा भएन भने गरिरहेको योग विधिले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ ।

अबको चरणमा दायाँ हातलाई नासिका मुद्रा बनाएर, श्वास दायाँबाट लिई बायाँबाट फाल्नुहोस् र पुनः बायाँबाट श्वास लिई दायाँबाट फाल्नुहोस् ।

यो अभ्यासलाई दुवै नासिकाबाट गर्नुपर्छ । यो अभ्यास कमसेकम १० मिनेटसम्म गर्नुपर्छ । जसले गर्दा हाम्रो टाउकोमा अक्सिजन पुर्‍याउन मद्दत गर्छ ।

यो प्राणायाम बिस्तारै गर्नुपर्छ । श्वासको सन्तुलन मिलाएर प्राणायाम गर्‍यो भने टाउको दुख्ने समस्या पूर्ण रूपमा समाधान हुन सक्छ । यो प्राणायाम दैनिक गर्र्नु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?