जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख

सारांश

  • काठमाडौं, १८ साउन ।
  • साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरले मृत्युदण्डलाई जितेका छन् ।
  • साउदी अरबको अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका रोल्पाका दिलबहादुर घर्तीमगरलाई बचाउन संसारभरका नेपालीहरुले ब्लडमनी जुटाउन सफल भएपछि उनले मृत्युदण्डलाई जितेका हुन् ।

काठमाडौं, १८ साउन । साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरले मृत्युदण्डलाई जितेका छन् । साउदी अरबको अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका रोल्पाका दिलबहादुर घर्तीमगरलाई बचाउन संसारभरका नेपालीहरुले ब्लडमनी जुटाउन सफल भएपछि उनले मृत्युदण्डलाई जितेका हुन् ।

दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि एकै दिन १ लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । ऊर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त” र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा १ लाख सहयोग हस्तान्तरण गरेका छन् ।

ऊर्जामन्त्री पुन र पूर्वसभामुख घर्तीमगरबाट १ लाख, वाइसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित ५ लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित ७ लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुन “सुशीला”बाट ५० हजार र मगर संघ कतारबाट २५ हजार रुपैयाँ बिहीबार “दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५” मूल समितिलाई हस्तान्तरण गरिएको छ ।

वाइसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित ५ लाख ७८ हजार ऊर्जामन्त्री पुनले मूल समितिलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा ऊर्जामन्त्री पुन र पूर्वसभामुख घर्तीमगरले संयुक्त रुपमा मूल समितिलाई १ लाख रुपैयाँ हस्तान्तरण गरे । कार्यक्रममा तीन नं. प्रदेश सांसद सुशीलाले ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।

बिहीबारै मगर संघ साउदी अरबको पहलमा संकलित ७ लाख ५० हजार रुपैयाँ नेपाल मगर संघले मूल समितिलाई हस्तान्तरण गरेको छ । मगर संघका अध्यक्ष नवीन रोकामगरले मूल समितिलाई हस्तान्तरण गरेका हुन् । मगर संघको पहलमा साउदी अरबमा क्रियाशील एनए मिडिया प्रालि, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), प्रवासी मिलन एकता समाज, तमु धीं र काभ्रे सेवा समाज लगायतले सो रकम संकलन गरेका हुन् । साउदी अरबबाट विभिन्न संघसंस्थाहरुले संकलन गरेका साढे ८ लाख रकम मूल समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
आजको मौसमः तीन प्रदेशमा पानी पर्ने
आजको मौसमः तीन प्रदेशमा पानी पर्ने
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
नारायणमान बिजुक्छेले भने  ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणमान बिजुक्छेले भने ‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित

तपाईंले छुटाउनुभयो कि?