दीपकराज जोशीपछिको वरियताका न्यायाधीश मिश्रको प्रमाणपत्र पनि आयातीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दीपकराज जोशीपछिको वरियताका न्यायाधीश मिश्रको प्रमाणपत्र पनि आयातीत

सारांश

  • काठमाडौं, २१ साउन ।
  • कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवादले देश तातेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि “अर्गानिक” नभई आयातीत देखिएको छ ।
  • यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ ।

काठमाडौं, २१ साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवादले देश तातेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि “अर्गानिक” नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ ।

न्यायाधीश मिश्रले इन्टर मिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तीर्ण गरेको देखिएको छ । मिश्रले हाइस्कुल परीक्षा भारतको नौतनवाँ इन्टर कालेज, नौतनवा (गोरखपुर)बाट १९६३ मा र इन्टरमिडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट १९७१ मा उत्तीर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ ।

मिश्रले हाई स्कुल परीक्षामा कुल ५ सय पूर्णाङ्कमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ । सबै बिषय बिषयगत आधारमा कुल १ सय पूर्णाङ्कका हुन् ।

उनले हाइस्कुल परीक्षामा कुल ५ सय अंकमध्ये २ सय ५ अंक प्राप्त गरेका छन् । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ । हाइस्कुल परीक्षाको प्रमाणपत्रमा रोलक्रम संख्या २१३ र उत्तीर्ण श्रेणी ३ रहेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?