विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ
सारांश
- बुटवल, ११ भदौँ ।
- प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।
- उनी नेकपाको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।
बुटवल, ११ भदौँ । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । उनी नेकपाको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।
सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।
आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको शपथग्रहण गराएको सभामुखका प्रेस संयोजक गणेश वलीले जानकारी दिएका छन् । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया