प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
सारांश
- काठमाडाै, २१ साउन ।
- नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
- प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक भएन ।
काठमाडाै, २१ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक भएन ।प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषाको प्रयोग गरी भाषण गर्ने क्रममा स्थानीयसंग ‘मलार्इ भारतले बोलाएको छ यहाँको विकासको कुरा राख्ने छु’ भनेका थिए । यही विषयलाई उठान गर्दै नेता भण्डारीले ‘नेपालको विकासको कुरा भारतसंग भन्न हुन्छ ?’ भनी प्रश्न गरेका हुन् ।
नेता भण्डारीले हुलाकी सडक भारतले बनाइदिने नाममा तराई कति वर्ष पछि परेको छ ? भनी प्रश्न गर्दै भारतसंग तरार्इको डुबानका कुरा, सुस्ताका समस्या, सिमाना मिचिएका कुरा, सिमा प्रहरीबाट जनताले पाएका सास्ती, लिपुलेकका कुरा, तरार्इमा बढ्दै गएका हिंसाका कुरा उठाउँछु भन्ने हो ? भनी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
काँग्रेस नेता भण्डारीले ‘भारतले नेपाली जनतालाइ दुःख दिन हुँदैन म कुरा गर्दछु भनेको भए ठीक हुन्थ्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् –के तरार्इको विकासको जिम्मा भारतको हो कमरेड ?’ उनले प्रचण्डलाई व्यङ्ग्य गर्दै भनेका छन् –तरार्इको विकासको जिम्मा पालिका, नगरपालिका, प्रदेश र केन्द्रको हो । कठै नेपाली आमाले जन्माएका नेपाली नेता !!’
Thapachhabiraj Thapa
Namuna ho
Devi Prasad Rijal
अङ्ग्रेजी बोल्ने जति अमेरिका गएदेखि नेपाली स्कुलकलेजहरुको पनि काम थिएन नेता ज्यु कि पठाइदिने हो उतै पावरमा हुनुहुन्छ नेपालमा नेपाली बाहेक बोल्न नमिल्ने कानुन बनाए कसोहोला ।
Savina Ko Baba Savina
भनना खोजेको चाहि भासा जून बूजाउन लाइ बोले पनि मन नेपाली हूनु परयो भासा संसार को जुन बोले नि भो
JN Marasini
हेर हरूवा काङ्ग्रेसले उल्टो अर्थ लगायछ हाम्रो देश बहुभासिक बहुजातिय भयको देश हो
जुन ठाउँ का जन्ताले तिनिहरुको भासा बोल्दा बुझ्छन त्यो बोल्नु 100% राईट हो ।
Kasi Subedi
Natak parachanda is the no l ledrs
Balbhadra Regmi
Nepal ma kasai lai pani hindi bolan nadinu paryo natra ke ta
Tanka Mani Nepal
प्रभाे!!! मुझे बचाउ हम अा रहे हैं अापके शरण में !!!!!!!!!!! बेटी बेटा……घरवाली तया………. अकेले मजवर ।
Chandraman Maleku
नेपाली वाहेक अरु भाषा वाेल्न भाषण गर्न नपाउने कानुन विगतमा कांग्रेस सरकारले किन नबनाएकाे हाेला।
Ram Mani Bhattarai
तपाईहरूसंग उतै भटन पनि सजिलो हैन त?
Netra Bhusal
बिचरा काङ्रेसी हरू बिरोधको पनि एउटा स्तर हुन्छ नि! पुल किन बनेन , सडक किन कमसल समाग्री प्रयोग गरि पिच गरियो, बाटाे किन बनेन, शिक्षा किन गुणस्तरिय भएन भन्ने कुनै गुनासो छैन यिनिहरूको, खाली फलानालाई किन नियुक्ति गरिनस् , भाषण गर्दा किन नेपाली बाहेकको भाषा बोलिस् , आदि आदि!!! यस्ता कुराले के काङ्रेसको लागि प्रतिपक्षको भुमिका निभाउने खुराक ५ वर्ष सम्म कसरी आपुर्ती गर्छन् होला , बिचराहरू!!!
Prasad Lila
कोइ चोखो छैन कसैले नखोके हुन्छ बरु अब राजा लेउन सके देश ले काचुली फेर्ला
Suraj Khadka
हा हा हारेको रिस पोखेको होलानी चन्द्रदाइ ले।
Paudel JL
Nepalma deshileta hindima bhasan garthe aba nepalihu bhannepani pani hindima bolna thaleo modila khusi banauna holani
Ajit Sharma
के हाे?चन्द्रजी हाउस मा हिन्दी मा बाेल्न सपथ लिन राेक छ जस्तो त लाग्दैन,फेरि प्रचण्ड ले हिन्दी मा भाषण गरेर के हानी भाे,बिराेध काे पनि स्तर हुन्छ ,स्तर छाडेर बिराेध गर्ने लाई नाेक्सान हुन्छ,तपाईकाे बिराेध शेर बहादुर केसी मार्का भाे
Rabi Bastola
Mancha ma vasan garda janeko vasa bolda teti thulo isu banaunu parxa jasto lagdahina
Jiban Sharma
काङ्ग्रेस नेता लाई लाजै नहुने रहेछ