दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु

सारांश

  • काठमाडौं, २१ साउन ।
  • बर्दिबास नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
  • बर्दिवास नगरपालिका– ५ स्थित बोलबम तीर्थबाट र्फकंदै गर्दा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ भने बसको ठक्करबाट अर्का एक युवकको मृत्यु भएको हो ।

काठमाडौं, २१ साउन । बर्दिबास नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका– ५ स्थित बोलबम तीर्थबाट र्फकंदै गर्दा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ भने बसको ठक्करबाट अर्का एक युवकको मृत्यु भएको हो ।

सोमबार दिउँसो साउने सोमबारमा बर्दिवास नगरपालिका– ५ स्थित टुटेश्वर महादेव मन्दिरमा लाग्ने मेलाबाट फर्कदै गरेको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । ज१त ९३२६ नम्बरको ट्याक्टरबाट खसेर महोत्तरी गाउँपालिका– ४ रानीरतवारा की ६० वर्षीया मनतोरीयादेवी मुखियाको ज्यान गएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी मुखियाको उपचारको क्रममा बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा मृत्यु भएको हो ।

त्यस्तै आइतबार राति बर्दिवास नगरपालिका बजार क्षेत्रमा बसको ठक्करबाट बर्दिवास नगरपालिका– ४ बस्ने २८ बर्षीय गणेश विश्वकर्माको बसको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले जनाएको छ । बर्दिवासबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ४०१८ नम्बरको यात्रुवाहक बसको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेको बा९प ३९७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विश्वकर्माको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?