मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
५० पटक हेरिएको
Shares
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्

सारांश

  • दाङ, २१ साउन ।
  • तुलसीपुरमा निर्माण हुन थालेको आधुनिक बसपार्कमा स्तनपान कक्ष समेत निर्माण गरिने भएको छ ।
  • तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निर्माणाधीन भवनको अवलोकन गर्दै स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका छन् ।

दाङ, २१ साउन । तुलसीपुरमा निर्माण हुन थालेको आधुनिक बसपार्कमा स्तनपान कक्ष समेत निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निर्माणाधीन भवनको अवलोकन गर्दै स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका छन् ।

‘स्तनपान गराउने कक्ष नहुँदा महिलाहरुलाई अनेक झन्झट हुने भएकाले यस्तो कक्षको निर्माण गर्न आवश्यक छ”, प्रमुख पाण्डेले बताए । स्तनपान कक्षको अभावमा बालबालिकाहरुले आवश्यक मात्रामा दूध खान नपाएको भन्दै उनले स्तनपान कक्ष निर्माणको धारणा अगाडि बढाएको बताए ।

यसैबीच निर्माणाधीन बसपार्कको अवलोकन गर्दै नगरप्रमुख पाण्डेले निर्माण कार्यलाई तीव्रताका साथमा अगाडि बढाउन निर्देशन समेत दिएका छन् । “निर्माणमा हाम्रो तर्फबाट कुनै पनि कमी हुँदैन । तपाईहरुले आफ्नो तर्फबाट राम्रोसँग काम गर्नुहोला” उनले निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।

निर्माणको जिम्मा लिएको शिवशक्ति कन्स्ट्रक्सन कम्पनीका कन्ट्रयाक्ट इन्जिनियर विजय वोगटीका अनुसार निर्माणाधीन बसपार्कका मुख्य भवनमा ५० वटा कोठा रहनेछन् । पहिलो चरणमा एक तला मात्रै निर्माण हुने भवनमा थप तलाको लागि लिफ्ट समेत राखिने उनले बताए । भवनमा काउन्टर, पसल, रेष्टुरेण्ट, वाथरुम र स्तनपान कक्ष समेत रहने बोगटीले जानकारी गराए । उनले दैनिक ५० जना कामदारले काम गरिरहेको बताउँदै तीव्रताका साथमा काम गरिरहेको जानकारी दिए । “वर्षाले गर्दा अलि समस्या भएको छ तर पनि हामीले काम रोकेका छैनौ”, उनले भने ।

यसैबीच अवलोकनका क्रममा अव्यवस्थित तवरले रहेका बस काउन्टर व्यवस्थापन गर्नका लागि पनि प्रमुख पाण्डेले निर्देशन दिएका छन् । उनले अटेर गरेर जथाभावी राखिएका काउन्टर तत्काल भत्काउनका लागि समेत निर्देशन दिएका छन् । “संरचना निर्माणका लागि हामीलाई सहयोग गर्नुस् । हामी तत्काल समस्याको समाधान गर्नेछौं”, प्रमुख पाण्डेले भने । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा आधुनिक बसपार्क निर्माणका लागि नगर विकास कोषसँगको ऋण साँझेदारीमा भवन निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?