‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो

सारांश

  • कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे ।
  • आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् ।
  • उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो ।

कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे ।

आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् ।

फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् ।

उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए ।

आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे ।

आजको कान्तिपुर दैनिकमा खबर छ । 

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?