चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो

सारांश

  • काठमाडौं, २२ साउन ।
  • पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् ।
  • एमाले र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकता कार्यक्रममा सहभागी नभएको भनेर आलोचना गरिएकोमा उनले आफूलाई एकताबारे थाहै नदिएको गुनासो पोखे ।

काठमाडौं, २२ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् । एमाले र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकता कार्यक्रममा सहभागी नभएको भनेर आलोचना गरिएकोमा उनले आफूलाई एकताबारे थाहै नदिएको गुनासो पोखे ।

वरिष्ठ नेता खनाल उपचारको क्रममा १५ दिन अगाडि चीन गएका थिए । उनको सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइट र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बरिष्ठ नेता खनाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता खनालले दुईवटा शल्यक्रिया एकैचोटी गरेकोले आफू अब स्वस्थ भएको बताए । उनले अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताए । उपचारका क्रममा वरिष्ठ नेता खनालले चिनिया कम्युनिस्ट पार्टीका विदेश बिभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग भेटघाट भएको बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणको समयमा पनि उनी उपचारकै क्रममा चीनमा थिए । यो कुरा थाहा नपाउनेहरुले पार्टी एकीकरणको समयमा समेत अनुपस्थित भएको भनेर आलोचना गरेका थिए । तर उनको भने आफ्नै गुनासो थियो । यस्तो ऐतिहासिक पार्टी एकीकरण हुँदा समेत आफूले जानकारी नपाउनु बिडम्बना भएको बताउँदै थाहा पाएको भए उपचार कार्यक्रम रोकेर भएपनि उपस्थिति हुने कुरा बताउँदै आएका छन् । उनले पार्टीमा आफ्नो बरियताको विषयमा पनि असन्तुष्टि पोख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?