गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
सारांश
- विराटनगर ।
- सुनसरीको एक नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् ।
- सुनसरीको रामधुनी नगरपालिका–३ स्थित नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् ।
विराटनगर । सुनसरीको एक नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् ।
भाँडा माझ्ने क्रममा एउटा गिलास खसेपछि भाइ लिन जाँदा भाइलाई बगाएको देखेपछि दिदी बचाउन गएकी थिइन् । भाइ बचाउन खोज्दा दिदीलाई पनि नहरले बगाएको प्रहरीले जनाएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काका ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर नहरमा खस्दा बगाएर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा हिजो साँझ बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया