काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !

सारांश

  • बनेपा, २३ साउन ।
  • काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् ।

बनेपा, २३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् । माथिबाट खसेको पहिरोले घरभित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सीतामाया तामाङ घाइते भएका छन् ।

पहिरोले दुई वटा टिनको टहरासमेत बगाएको प्रहरीले जनाएको छ ।

(https://daveseminara.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?