सुनको मूल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सुनको मूल्यमा गिरावट

सारांश

  • पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
  • आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ ।

पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३०० मा कारोवार भएको थियो ।पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २००÷२०० ले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८४० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८७० मा खरीद–बिक्री भएको थियो ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०।५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिआँैस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?