१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !

सारांश

  • थिम्पु, २४ साउन ।
  • आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।
  • थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ ।

थिम्पु, २४ साउन । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए । आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो । आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
स्वीस सरकारको पठाएको ३० हजार पिसिआर किट आज बेलुका नेपाल आइपुग्ने
स्वीस सरकारको पठाएको ३० हजार पिसिआर किट आज बेलुका नेपाल आइपुग्ने
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
केपी ओलीलाई पत्र
केपी ओलीलाई पत्र
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
How you can Meet Sole Women and Cause them to become Want to Be Along

तपाईंले छुटाउनुभयो कि?