खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !

सारांश

  • काठमाडौँ, २४ साउन ।
  • युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ ।
  • यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ ।

काठमाडौँ, २४ साउन । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना (२०७०÷७१ देखि २०७३÷७४) मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहेको तथ्यलाई मनन गरेर मन्त्रालयले १५ वर्षे नयाँ गुरुयोजना तयार गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलकूद गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको विकास नहुनु, यस कार्यमा निजी क्षेत्रलाई प्रभावकारीरुपमा समेट्न नसक्नु जस्ता समस्या र चुनौतीलाई स्वीकार गर्दै नेपालको खेल क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राससलाई जानकारी दिए ।

गुरुयोजनामा ५, १० र १५ वर्षभित्र सम्पन्न गर्ने कार्य लक्ष्य निर्धारण गरिएको छ । यसमा पाँच वर्षभित्र व्यापक र समावेशी सहभागिताअन्तर्गत खेलकूदमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत, १० वर्षभित्र ४५ र १५ वर्षभत्र ५० पु¥याउने प्रस्ताव गरिएको छ । खेल पूर्वाधार निर्माणतर्फ आगामी पाँच वर्षभित्र नेपालका सबै विद्यालयमा खेलकूदका आधारभूत पूर्वाधार निर्माण र खेल प्रशिक्षकको व्यवस्था, १० वर्षभित्र प्रत्येक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको फूटबल मैदान, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, १५ वर्षभित्र प्रत्येक प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय खेलग्राम निर्माण गर्ने योजना छ ।

पाँच वर्षभित्र दक्षिण एशियाली खेलकूदमा तेस्रो स्थान हासिल गर्ने, १० वर्षभित्र ओलम्पिकमा कास्य पदक प्राप्त गर्ने, १० वर्षमा एशियाली क्रिकेट प्रतियोगिताको आयोजन गर्ने, १५ वर्षभित्र एशियाली खेलकूद नेपालमै आयोजना गर्ने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा निर्धारण गरिएको छ । खेल पूर्वाधार तथा सेवासुविधाको पर्याप्तता र गुणात्मकता हासिल गर्ने, खेलकूदसम्बन्धी संस्थाहरूको सुदृढीकरण गरी खेल सुशासन कायम गर्ने, खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहन तथा सामाजिक सुरक्षालाई व्यापक तुल्याई आकर्षक र मर्यादित बनाउने र खेलकूदको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विकास तथा सहयोग परिचालन गर्ने योजनामा पनि यसमा समाविष्ट छ ।

गुरुयोजनामा अशक्त तथा अपांगता भएकाहरूको आवश्यकता र रुचिअनुसारका खेलकूदमा उनीहरूको सहभागितालाई प्रोत्साहन गर्ने योजना समेटिएको छ । बाह्रै महिना खेलकूदका लागि मौसम अनुकूल रहने भौगोलिक अवस्थाको लाभ लिन सकिने गरी नेपाललाई खेलकूदको थलोको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिताको उपयुक्त मापदण्ड तयार गरी निश्चित कार्यविधिका आधारमा आयोजना तथा सहभागिताको व्यवस्था गर्ने सोच मन्त्रालयले बनाएको छ ।

गुरुयोजना कार्यान्वयनमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्य तथा साझेदारिता कायम गरिनेछ भने दातृ निकाय तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्न आर्थिक कूटनीतिलाई अवलम्बन गरिने छ । यसका लागि नेपाली राजदूतावासहरूलाई समेत उपयोग गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा सुविधासम्पन्न र स्तरीय खेलग्राम निर्माण गर्ने, खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापनको वर्गीकरण गरी उनीहरूको सामाजिक सुरक्षाको व्यवस्था गर्ने र खेलाडी तथा प्रशिक्षकका लागि रोजगारीको सुनिश्चितता दिने कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । गुरुयोजना चालु आवदेखि नै कार्यान्वयनमा आउने विश्वास मन्त्रालयका खेलकूद विकास शाखा प्रमुख लक्ष्मीप्रसाद भण्डारीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
New rules in Australia to make MPs disclose citizenship status
New rules in Australia to make MPs disclose citizenship status
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
अक्षय कुमार र जोन अब्राहम बिच कडा टक्कर
अक्षय कुमार र जोन अब्राहम बिच कडा टक्कर
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा