निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा

सारांश

  • काठमाडौं ।
  • स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षीहरुको दौडधूप सुरु भएको छ ।
  • नेपाली कांग्रेसबाट मन्त्री बन्ने प्रतिस्पर्धामा सर्वाधिक अगाडि आएको छ डा.

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षीहरुको दौडधूप सुरु भएको छ ।

नेपाली कांग्रेसबाट मन्त्री बन्ने प्रतिस्पर्धामा सर्वाधिक अगाडि आएको छ डा. नारायण खड्का, मीन विश्वकर्मा, रामकृष्ण यादव, राजन केसी, सरिता प्रसाईं, भीमसेनदास प्रधान, एनपी साउद, मोहनबहादुर बस्नेत, भक्तबहादुर बलायर, महेश आचार्य, चन्द्र महर्जन, बुद्धिराम भण्डारी, बलबहादुर केसी र कमला पन्तको नाम ।

यद्यपि केही पुराना मन्त्रीहरुलाई नै निरन्तरता दिन पनि कांग्रेसमा नेतृत्वलाई दबाव परिरहेको छ । दबावका बावजुद देउवाले डा. प्रकाशशरण महत र रमेश लेखकलाई अन्य जिम्मेवारी दिएर बालकृष्ण खाणलाई मात्र पुनः मौका दिइने सम्भावना बढेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

यसैगरी अर्को सत्तासाझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनाइनेहरूमा शिवकुमार मण्डल, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शान्त चौधरी, श्याम श्रेष्ठ, हरि ज्ञवाली, आशा खनाल र रामनारायण बिडारीको नाम सर्वाधिक चर्चामा छ । मन्त्री बन्न टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र अग्नि सापकोटाले नेतृत्वलाई चर्को दबाव दिइरहे पनि यसबारे माओवादी नेतृत्वले मुख खोलेको छैन ।

यसअघि पटक-पटक मन्त्री बनेका सापकोटाले आफूमाथि ज्यान मुद्दा रहेको र सुरक्षाकै लागि पनि मन्त्री बन्न आवश्यक भएको भनी प्रचण्डलाई पछ्याइरहेको लाजिम्पाट स्रोतले दावी गरेको छ । उनले अब मन्त्री बन्न पाए जनार्दनले भन्दा राम्रो गर्छु भन्दै तर्क गर्ने गरेको चर्चा छ ।

यसैबीच अर्का नेता हरिबोल गजुरेलले पनि विभिन्न तर्क गर्दै मन्त्री बन्न पाउनुपर्ने माग गर्दै आइरहेको एक माओवादी नेताले जानकारी दिए । विभिन्न जोड र कोणबाट मन्त्री बन्न पाउनुपर्ने माग गर्नेहरुको लाइन भए पनि अहिलेसम्म प्रचण्डले कसैसँग मुख खोलिसकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?