मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव

सारांश

  • काठमाडौं, २४ साउन ।
  • पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् ।
  •   विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् ।

काठमाडौं, २४ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् ।  विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् ।

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल,  मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए ।  निर्माणको जिम्मा पाएका ठेकेदारले भने,‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’

नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को  निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही पनि उम्कन नापाउने बताए ।  नेता नेपालले भने,‘सडक निर्माणमा सम्बन्धित सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ ।’

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाई भएको निर्माण व्यवसायीले बताएपछि नेता नेपालले सम्बन्धित सवै पक्षलाई राखेर तत्काल कामको निर्देशन दिएका थिए ।

स्थानीयवासीले भने नेता नेपालले अनुगमन गर्ने भएपछि ठेकेदारले हिजो(बुधबार) खाल्डाखुल्डी पुर्ने र सडक सफा गर्ने कार्य गरेको भन्दै अनुगमन हल्ला नगरि गर्न सुझाव दिए ।पहिला दुई वटा घरका कारण निर्माणको काम रोकिएको भएपनि अहिले उक्त घरहरु भत्किएको र अव निर्माणको कम तिव्ररुपमा अघि बढ्ने ठेकेदारले आश्वासन दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rabindra Shrestha

    Ramro Tara dekhawoti lagi matra hunu vayena.. yeslai nirantrata dina jaruri xa.

    Comment Author

    Buddhipd Rai

    हा हा हा ?!!!
    नेपाली शासकका प्रभू महाप्रभू नरेन्द्र मोदीको नेपाल आगमन हुने हुंदा प्रभूको दिल खुश पार्नकै लागि नरेन्द्र मोदीजी जहाँ जहाँ जाने हुन्?त्यै त्यै स्थान-काठमाण्डौं उपत्यकाभित्र खाल्डा खुल्डी पुर्ने र हिलो समेत छोप्ने ओली सरकारको काम हुंदैछ!!!भन्छ मैना चरीG

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?