यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश

सारांश

  • काठमाडौ साउन,२६ ।
  •   नेपाल आज भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
  • अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटकको पहिलो खेलमा भने आज पाकिस्तानलाई ४-० ले हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ ।

काठमाडौ साउन,२६ ।  नेपाल आज भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटकको पहिलो खेलमा भने आज पाकिस्तानलाई ४-० ले हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ ।

पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । अनुष्का शेर्पाले आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता लिएको थियो । सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा सविता र रजनी थोकरले गोल थपेका थिए ।

नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ । दुवै खेल हारेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?