कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल

सारांश

  • सुर्खेत, २७ साउन ।
  • कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरेकाे छ ।
  •  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

सुर्खेत, २७ साउन । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरेकाे छ ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य छन् । उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् । प्रदेश सरकारको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि स्थायीरूपमा भौतिक पूर्वाधार निर्माण गर्न उपयुक्त जग्गा खोजी गरी कार्यप्रारम्भ गरेको १५ दिनभित्र सिफारिश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता केसीले बताइन् । त्यस्तै, सबै जिल्लामा खारेज भएका कार्यालय भवन र जमीन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले बताइन् ।

प्रवक्ता केसीका अनुसार डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको नाम र केन्द्रमा असहमति जनाउँदै भूगोल छानबिन गरी केन्द्र कायम गर्न माग गरिएको निवेदनको सम्बन्धमा उक्त विषयलाई आवश्यक छानबिनका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
अबदेखि एक महिनाभित्र स्मार्ट लाइसेन्स पाइने
अबदेखि एक महिनाभित्र स्मार्ट लाइसेन्स पाइने
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
सिंहदरबार प्रवेशमा कडाई
सिंहदरबार प्रवेशमा कडाई
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस

तपाईंले छुटाउनुभयो कि?