सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो

सारांश

  • नेपालगञ्ज, २७ साउन ।
  • बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ ।
  • भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनका चाँङले यसको चित्रण गरेको हो ।

नेपालगञ्ज, २७ साउन । बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनका चाँङले यसको चित्रण गरेको हो । यहाँको माइती नेपालमा आफन्तको खोजीका लागि निवेदन दिनेको संख्या विगत १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको उल्लेख छ । विगत छ महिनाको अवधिमा ३०० भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाका मुख्य समस्या गरिबी नै हुनसक्ने संयोजक कोइरालाको भनाइ छ । केही दिनअघि मात्र दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री निधीसँग स्पष्टीकरण लियो
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा  !
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा !
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
मेयर उपमेयर चढ्ने गाडी आयो, दमकल आएन
मेयर उपमेयर चढ्ने गाडी आयो, दमकल आएन
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल

तपाईंले छुटाउनुभयो कि?