मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु

सारांश

  • झापा, १४ असार ।
  • दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

झापा, १४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ ।

उता, पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ ।

दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
किन गरे यी चर्चित कोरियोग्राफरले आत्महत्या ?
श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
रोप्न नपाएपछि कृषक चिन्तित
रोप्न नपाएपछि कृषक चिन्तित
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
इङ्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इङ्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा  योजना पुस्तिका सार्वजनिक !
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना पुस्तिका सार्वजनिक !
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव