नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड

सारांश

  • काठमाडाै, २८ साउन ।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालय निरीक्षक जीवन भन्डारीले आइतबार दिउँसो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरी तोडफेड गरेका छन्।
  • कर्मचारी सरूवको विषयमा दवाब दिन मन्त्रालय पुगेका उनले संघीय प्रादेशिक कर्मचारी प्रशासन शाखा प्रवेश गरी गमला र टेबल कुर्सी फुटाएर उपद्रो मच्चाएका हुन्।

काठमाडाै, २८ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालय निरीक्षक जीवन भन्डारीले आइतबार दिउँसो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरी तोडफेड गरेका छन्।

कर्मचारी सरूवको विषयमा दवाब दिन मन्त्रालय पुगेका उनले संघीय प्रादेशिक कर्मचारी प्रशासन शाखा प्रवेश गरी गमला र टेबल कुर्सी फुटाएर उपद्रो मच्चाएका हुन्। ‘मैले दिएको सूचीअनुसार किन कर्मचारी सरूवा नगरेको? भन्डारीले उपसचिव आचार्यलार्इ धम्कयाउँदै प्रश्न गरेका थिए। जवाफमा उपसचिव आचार्यले सूचीअनुसारका सरुवा प्रक्रियामै रहेको र केही समय लाग्ने जवाफ दिएपछि भन्डारी आक्रमणमा उत्रिएका थिए।

‘मैले भनेको नटेर्ने भन्दै उनी तोडफोडमा उत्रिए। उनले उपसचिव आचार्यलार्इ अश्लिल गाली गरी धाकधम्की दिँदै हातपात प्रयास गरेका थिए। उनले उपसचिव आचार्यमाथि कुर्सी प्रहार गर्न खोजेपछि अर्का कर्मचारी नेता आरसी अधिकारीले रोकेका थिए।कार्यकक्षमा प्रवेश गरी आक्रमण गर्न  थालेपछि उपसचिव आचार्यले प्रहरीलाई खबर गरेका थिए। तत्कालै सिंहदरबार वृत्तबाट प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्य नेतृत्वको टोली परिचालन भएको थियो। प्रहरी टोली मन्त्रालय पुग्दा भण्डारी त्यहाँबाट हिँडिसकेका थिए। प्रहरीले घटनाको मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ। सोमबार बिहानसम्म भन्डारी पक्राउ परेका छैनन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Deepak Parajuli

    Jay hos…!!

    Comment Author

    Narbahadaur Kunwar

    हेर्दै जाउ के के हुन्छ

    Comment Author

    Gurung Raja

    Aysta lai karbahi garnu par6 kada vanda kada

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?