साँघुबाट महासंघका अध्यक्ष नै पीडित, प्रेस काउन्सिलमा उजुरी हाल्न बाध्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
साँघुबाट महासंघका अध्यक्ष नै पीडित, प्रेस काउन्सिलमा उजुरी हाल्न बाध्य

सारांश

  • काठमाडौं, २८ साउन ।
  • पीत पत्रकार र पीत पत्रकारिताबाट नेपाल पत्रकार महासंघका अध्यक्ष नै पीडित बनेका छन् ।
  • महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको अध्यक्ष हुनुअघि र त्यसपछि लगातार सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्नेगरी समाचार प्रकाशित गर्दै आएको र कहिल्यै आफ्नो प्रतिक्रियालाई ठाउँ नदिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी हाल्न बाध्य भएका छन् ।

काठमाडौं, २८ साउन । पीत पत्रकार र पीत पत्रकारिताबाट नेपाल पत्रकार महासंघका अध्यक्ष नै पीडित बनेका छन् । महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको अध्यक्ष हुनुअघि र त्यसपछि लगातार सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्नेगरी समाचार प्रकाशित गर्दै आएको र कहिल्यै आफ्नो प्रतिक्रियालाई ठाउँ नदिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी हाल्न बाध्य भएका छन् ।

“आजको साँघु साप्ताहिकले मलाई पत्रकार महासंघको लुम्बिनीमा बैठक सकेर हेलिकोप्टर चढेर काठमाडौं फर्कियो भनेर समाचार छापेछ । त्यसैगरी बैठकमा मैले बोल्दै नबोलेका, भन्दै नभनेका कुरालाई पनि यसो भन्यो भन्दै लेखेछ र बैठकका विषयमा फूलबुट्टा भरेर, आक्षेपहरु लगाएर, झुठको पुलिन्दा बुनेर समाचार छापिएछ । यसअघि पनि म पत्रकार महासंघको अध्यक्ष निर्वाचित भए यता र त्यसअघि पनि विभिन्न मितिमा मेरा बारेमा सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्ने गरी लगातार साघुले समाचार प्रकाशन गर्दै आएको छ”, अध्यक्ष आचार्यले भनेका छन् । उनले अगाडि थपेका छन्, “साँघु साप्ताहिकले मेरा बारे प्रकाशित समाचारका सम्बन्धमा कहिल्यै मेरो प्रतिक्रियालाई ठाउँ दिएको छैन । अरु कसैको कोड पनि गरिएको छैन ।”

“यसरी मेरा विरुद्ध लगातार साँघुले चरित्रहत्या गर्नेगरी समाचार प्रकाशन गरेपछि आज पहिलोपटक प्रेस काउन्सिलमा उजुरी हाल्न बाध्य भएको छु”, अध्यक्ष आचार्यले भनेका छन् । अध्यक्ष आचार्यले साँघुले आफ्ना विरुद्ध प्रकाशित गरेका गलत समाचारको भूलसुधार गरी जुन स्थानमा समाचार प्रकाशन गरेको हो सोही स्थानमा समाचारवारे आफ्ना भनाई राख्ने मौका दिने आशा व्यक्त गरेका छन् ।

पछिल्लोपटक साँघुले नेपाल पत्रकार महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकको समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा हुँदै नभएको कुरालाई कल्पनाको उडान भर्दै समाचार लेखिएको छ । समाचारमा हेलिकोप्टरको प्रयोग गरिएको उल्लेख छ । यद्यपि, हेलिकोप्टरको प्रयोग त के हेलिकोप्टर भन्ने शव्दै पनि कतै प्रयोग नभएको बताइएको छ ।

साँघुका प्रधानसम्पादक गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालका सदस्य पनि हुन् । अध्यक्ष आचार्य पनि प्रेस काउन्सिल नेपालका पदेन सदस्य हुन् । देशैभरका सञ्चारकर्मीहरु र सञ्चारमाध्यमहरुमा पत्रकार आचारसंहिताको परिपालना भए/नभएको अनुगमन गर्ने र आचारसंहिता पालना गराउने प्रमुख जिम्मेवारी बोकेको प्रेस काउन्सिलका एउटा सदस्यका विरुद्ध अर्को सदस्यले प्रकाशित गरेको समाचारले काउन्सिलमै उजुरी हाल्नुपर्ने शर्मनाक अवस्था सिर्जना भएको छ । अझ काउन्सिलले देशभरिका पत्रपत्रिकाको मूल्यांकन पनि गर्छ । अरुको मूल्यांकन गर्ने थलोमा बस्दासम्म आफू सञ्चारमाध्यमको संलग्नताबाट अलग रहन सके पनि थप नैतिक हुन्थ्यो होला कि ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
बिक्न छाडे काम्लो, बख्खु र घुम
बिक्न छाडे काम्लो, बख्खु र घुम
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्ने- आयुक्त डा यादव
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान
नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान
‘रुपाली’ होलीको महत्व बढ्दै
‘रुपाली’ होलीको महत्व बढ्दै
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !

तपाईंले छुटाउनुभयो कि?