नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

सारांश

  • नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ ।
  • नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो ।
  • बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो ।

बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ ।

नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन् । त्यसैगरी पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट हुनुहुन्छ भने प्रशिक्षक, सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक
बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती !
तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती !
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने

तपाईंले छुटाउनुभयो कि?