विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
सारांश
- चितवन, २९ साउन ।
- नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीको घरमा पक्राउ पुर्जी टाँसिएको छ ।
- दैलेख जिल्लाको गुराँस गाउँपालिका– २ स्थित घरमा शुक्रबार उक्त पूर्जी टाँस गरिएको हो ।
चितवन, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीको घरमा पक्राउ पुर्जी टाँसिएको छ । दैलेख जिल्लाको गुराँस गाउँपालिका– २ स्थित घरमा शुक्रबार उक्त पूर्जी टाँस गरिएको हो ।
चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको इन्चार्ज बीसीले जानकारी दिएका छन् । बीसीले भनेका छन्, “२०६४ मा प्रचण्ड र बादलले ललितपुरको खन्ना गार्मेन्टमा हामी सरकारमा गयौं भने तपाईहरुलाई भेट्रान सर्टिफिकेट दिन्छौँ भनेर प्रशिक्षण दिएका थिए । आज मेरो घर दैलेखमा ४ जना पुलिस पठाएर घरको भित्तामा बादलले दिएको भेट्रान सर्टिफिकेट ७० दिनको म्याद दिएर टाँसेका छ्न् ।” उनले व्यङ्ग्य गर्दै कमरेड बादल–प्रचण्डलाई धन्यवाद समेत दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया