श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन

सारांश

  • काठमाडौ।
  • म्यानपावर कम्पनीको धरौटी रकम नघटाउने भएको छ ।
  • श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान कायमै राखेका छन् ।

काठमाडौ। म्यानपावर कम्पनीको धरौटी रकम नघटाउने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान कायमै राखेका छन् ।

 

सोमबार मन्त्रालय पुगेका वैदेशिक रोजगार व्यवसायीहरुको टोलीलाई
कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने जानकारी गराएको हो । सो क्रममा म्यानपावर कम्पनी कै कारण नेपाली सोझा युवाहरुले दुख पाईरहेको भन्दै अव नेपालीले विदेशी भुमीमा अलपत्र हुन नपरोस भन्दै धरोटी रकममा कुनै फेरबदल नहुने कडा प्रतिक्रिया दिए ।

 

म्यानपावर व्यवसाय सञ्चालन गर्न सरकारले धरौटी रकम बढाउने प्रस्ताव गरेपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै प्रस्तावमा पुनर्विचार गर्न दवाव दिँदै आएका छन् । मन्त्रीलाई भेट्न सोमबार वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा ४० जना मेनपावर व्यवसायी मन्त्रालय पुगेका थिए ।

 

सरकारले कम्पनी इजाजतको धरौटी ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । धरौटी रकम कम हुँदा ठुलो ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसक्ने भन्दै धरौटी रकम बढाउन लागिएको सरकारको दाबी छ ।

 

म्यानपावर व्यवसाय सञ्चालन गर्दा २ करोड नगद र ४ करोड बैंक ग्यारेण्टी हुनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ । वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको धरौटी रकम बढाउन लगिएको हो ।अहिले सत्र सय भन्दा बढि म्यानपावर दर्ता छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gyan Karki

    Teti sajilo nhola !

    Comment Author

    Bed Nath Neupane

    बरु बढाउ घटाउने त कामै छैन।

    Comment Author

    Minesh Gole

    Great govinda

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?