दाङमा खाेलााले बस बगायाे

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
दाङमा खाेलााले बस बगायाे

सारांश

  • दाङ, १८ असार ।
  •  पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा साेमबार आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।
  • स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

दाङ, १८ असार । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा साेमबार आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।

स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उता दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।

दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन ।

(https://daveseminara.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?