बाढीले अनामनगर र बिजुली बजार डुब्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बाढीले अनामनगर र बिजुली बजार  डुब्याे

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
  • काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए।

काठमाडौँ, ३० साउन । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए। बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिए ।

नीलोपुलमा राति एक बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काई पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् । त्यस्तै गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।

बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए । उनले जनतासँग बाढीले पु¥याएको क्षतिबारे जानकारी लिदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौँ महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराएका थिए । उहाँले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?