चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
६० पटक हेरिएको
Shares
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

सारांश

  • भक्तपुर ।
  • मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
  • राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे ।

भक्तपुर । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।

कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।

“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पु¥याइएको छ”, शर्माले भने। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल
आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
प्रधानमन्त्रीको रेसमा सुनाक अघि
प्रधानमन्त्रीको रेसमा सुनाक अघि
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी
रोशनीले बयान फेर्दा अप्ठ्यारोमा महरा, कठोर बन्दै प्र-हरी
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना