वन कार्यालयकाे पक्की भवन निर्माण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
वन कार्यालयकाे पक्की भवन निर्माण

सारांश

  • सङ्खुवासभा, ३१ साउन ।
  • सङ्खुवासभाको चैनपुर नगरपालिका–३ बाहुनडाँडानजिक सिद्धपोखरी इलाका वन कार्यालयले आफ्नो पक्की कार्यालय भवन निर्माण सम्पन्न गरेको छ ।
  • सरकारको रु ३५ लाखको लागतमा ४ वर्षमा सो भवन निर्माण सम्पन्न भएको हो ।

सङ्खुवासभा, ३१ साउन । सङ्खुवासभाको चैनपुर नगरपालिका–३ बाहुनडाँडानजिक सिद्धपोखरी इलाका वन कार्यालयले आफ्नो पक्की कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । सरकारको रु ३५ लाखको लागतमा ४ वर्षमा सो भवन निर्माण सम्पन्न भएको हो ।

इलाका वन कार्यालय सिद्धपोखरीले सम्बन्धित निकायमा भवन निर्माणको पूर्णताका लागि ताकेता गरेपछि जिल्ला वन कार्यालय सङ्खुवासभाले वन विभागमा माग गरेपछि भवन निर्माण भएको जिल्ला वन कार्यालय सङ्खुवासभाका प्रमुख सुशील भण्डारीले जानकारी दिएका छन् ।

कार्यालयको भुइँ ढलान, प्लास्टर, रङ्गरोगन, वाइरिङका काम सम्पन्न गर्न रकम अभावमा नसकिएको हुँदा चैनपुर नगरपालिका कार्यालयमा बजेट माग गरी सो कार्यलाई सम्पन्न गरी असोज महिनाभित्र नै कार्यालय आफ्नो निजी भवनमा सर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?