सगरमाथा अञ्चल अस्पतालमा ‘डायलाइसिस’ सेवाको उद्घाटन
सारांश
- गाईघाट भदौ, १।
- स्वास्थ्यमन्त्री उपेन्द्र यादब ले आज सगरमाथा अञ्चल अस्पतालमा ‘डायलाइसिस’ सेवाको उद्घाटन गरेका छन,राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शुक्रबारदेखि ‘डायलाइसिस’ सेवा सुरु गरिएको छ,अस्पतालमा श्रोत र साधनहरु थप गरी गुणस्तरीय सेवा दिने उदेश्य ले ‘डायलाइसिस’ सेबा को सुरुवात गरीएको हो ।
- आज उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘उद्घाटनका क्रममा राजविराज–७, खर्सालटोलका रामप्रसाद साह र वोदे वरसाइन नगरपालिका–४, फुलकाहीका चतुरनारायण साह ‘डायलाइसिस’का लागि भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चुमनलाल दासले जानकारी दिए।
गाईघाट भदौ, १। स्वास्थ्यमन्त्री उपेन्द्र यादब ले आज सगरमाथा अञ्चल अस्पतालमा ‘डायलाइसिस’ सेवाको उद्घाटन गरेका छन,राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शुक्रबारदेखि ‘डायलाइसिस’ सेवा सुरु गरिएको छ,अस्पतालमा श्रोत र साधनहरु थप गरी गुणस्तरीय सेवा दिने उदेश्य ले ‘डायलाइसिस’ सेबा को सुरुवात गरीएको हो ।
आज उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘उद्घाटनका क्रममा राजविराज–७, खर्सालटोलका रामप्रसाद साह र वोदे वरसाइन नगरपालिका–४, फुलकाहीका चतुरनारायण साह ‘डायलाइसिस’का लागि भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चुमनलाल दासले जानकारी दिए।अस्पतालमा करिब १ करोड रुपैयाँ लागतका ४ वटा मेसिन जडान गरिएको छ।
दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भइरहेको विषयलाई सरकारले चाँडै नै सम्बोधन गर्ने मन्त्री यादवले बताए।डाक्टरहरुको लिष्ट तयार छ,कोही आउने क्रममा छन्’, उनले थपे, ‘उनीहरुलाई निर्भिकतापूर्वक काम गर्नसक्ने वातावरण बनाउने जिम्मा तपार्इंहाम्रै हो।
उनले अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माणका लागि सरकारले ७६ करोड रुपैयाँ बजेट छुट्याएको र टेण्डर प्रक्रिया सम्पन्न भई सम्झौता हुन बाँकी रहेकाले यही वर्ष निर्माण कार्य पनि सम्पन्न हुने जिकिर गरे।
सप्तरी निर्वाचन क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद मनिष सुमनले अस्पतालकै प्राविधिक र कर्मचारीले भएका मेसिन बिगारेर बिरामीलाई अस्पताल बाहिर पुयाउने गरेको, धरान–विराटनगरका निजी अस्पतालका दलाल र एम्बुलेन्स सञ्चालकहरुको प्रभावमा अञ्चल अस्पतालबाट बिरामी रेफर हुने गरेको बताउँदै सुमनले त्यस्तो प्रवृत्तिको अन्त्य गर्न पनि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराए। ‘इमर्जेन्सीमा बिरामीको राम्रो चेकजाँच पनि हुन पाएको हुँदैन, कतिखेर रेफर गर्ने भन्ने हतारो देखिन्छ।’, उनले भने, ‘अलिकति पनि रिस्क लिन कोही तयार छैन।’
इमर्जेन्सी बाहिर ‘गिद्दले सिनो ढुकेझैं’ बिरामीको रेफर पर्खेर बस्ने एम्बुलेन्सका कारण पनि अस्पतालको सेवा प्रभावित भइरहेको भन्दै उनले आक्रोस ब्यक्त गरे।
प्रतिक्रिया