अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१८ मा ८० प्रतियोगी छनौट

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१८ मा ८० प्रतियोगी छनौट

सारांश

  • काठमाडौं, १७ चैत ।
  • वार्षिक परीक्षापछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले ७ वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको “अक्षरा जुनियर स्कुल प्रिन्सेस” प्रतियोगिताको आज भएको अडिसनमा १०० बाट ८० जना प्रतियोगीहरुलाई छनौट गरिएको छ ।
  • प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपालकी विजेता सुदीक्षा भट्टराई, मिस टिन कलेज २०१५ की विजेता कुसुम थापा, मिस इकलेज २०१७ की विजेताहरु युनिता खत्री, सोफिया श्रेष्ठ, आस्मी गौतम, मिसेस व्यूटी क्वीन नेपाल फोर्थ रनरअप कृष्टि बानियाँ लगायत लगायत रहेका थिए ।

काठमाडौं, १७ चैत । वार्षिक परीक्षापछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले ७ वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको “अक्षरा जुनियर स्कुल प्रिन्सेस” प्रतियोगिताको आज भएको अडिसनमा १०० बाट ८० जना प्रतियोगीहरुलाई छनौट गरिएको छ ।

प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपालकी विजेता सुदीक्षा भट्टराई, मिस टिन कलेज २०१५ की विजेता कुसुम थापा, मिस इकलेज २०१७ की विजेताहरु युनिता खत्री, सोफिया श्रेष्ठ, आस्मी गौतम, मिसेस व्यूटी क्वीन नेपाल फोर्थ रनरअप कृष्टि बानियाँ लगायत लगायत रहेका थिए ।

प्रतियोगीहरुको प्रशिक्षण १८ चैतबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराएका छन् । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकास सम्बन्धी विभिन्न प्रशिक्षण दिइने छ । बाल उपयोगी प्रशिक्षणसम्बन्धी विज्ञबाट गराइने पनि वन्तले जानकारी गराए ।

प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स, साँगास्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी संग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखाना बालगृह, नेपाली फिल्म, नाटक, नारायणहिटी दरवार संग्राहालय लगायतको विभिन्न स्थानको भ्रमण गराइने छ । हर्स राइडिङ विभिन्न खेलहरु साथै विधिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गरिने छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाइन अफिसियल डिजाइनरको रुपमा भूमी कलेक्सनले गर्दैछ ।

अक्षरा जुनियर स्कुल प्रिन्सेस– २०१८ को चयन भने २०७५ साल १० गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोहमाझ हुनेछ । यो प्रतियोगितामा अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ की वितेजाले मोवाइल फोन, साइकलका साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछन् । यस्तो सहविजेता र उपविजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?