‘मितिनी’ र ‘सोल्टी’ जहाज चढेर चीन गए
सारांश
- काठमाडौँ ।
- नेपालले चीनलाई दिएका दुई ‘मितिनी’ र ‘सोल्टी’ बिमान चढेर चीन गएका छन् ।
- नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले उपहारस्वरुप दिएका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंका जोडी कार्गो विमानबाट चीन पठाइएको छ ।
काठमाडौँ । नेपालले चीनलाई दिएका दुई ‘मितिनी’ र ‘सोल्टी’ बिमान चढेर चीन गएका छन् । नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले उपहारस्वरुप दिएका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंका जोडी कार्गो विमानबाट चीन पठाइएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई गैँडाक जोडी हस्तान्तरण गरे ।
मन्त्री बस्नेतले गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ ।
जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ ल्याइएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया