“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा

सारांश

  • दाङ, ३ भदौ ।
  • गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा विगत ५ वर्षदेखि सञ्चालन भइरहेको हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टारको पाँचौं संस्करणको तुलसीपुर अडिसन भदौ ९ गते हुने भएको छ ।
  • यस अडिसनमा साबिक राप्ती अञ्चलका पाँच जिल्लाका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिनसक्ने आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितले बताए ।

दाङ, ३ भदौ । गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा विगत ५ वर्षदेखि सञ्चालन भइरहेको हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टारको पाँचौं संस्करणको तुलसीपुर अडिसन भदौ ९ गते हुने भएको छ । यस अडिसनमा साबिक राप्ती अञ्चलका पाँच जिल्लाका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिनसक्ने आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितले बताए ।

यो प्रतियोगितामा गायन तथा नृत्य विधाका प्रशिक्षकहरुले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् । गायन प्रतियोगिता हिरो अफ भ्वाइसको विजेताले १ गीत रेकर्डिङको अवसर प्राप्त गर्नेछ भने उत्सर्ग डान्सिङ स्टारको विजेताले रु. ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगितामा सबै उमेर समूहका प्रतिभाहरुले भाग लिन पाउने व्यवस्था गरिएको छ ।

प्राकृतिक कलाकेन्द्र तुलसीपुरको संयोजनमा हुने अडिसनका लागि प्रतियोगीहरुले बढीमा २ मिनेटको प्रस्तुति दिनु पर्नेछ । प्रतियोगितामा भाग लिन कुनै पनि शुल्क नलाग्ने अडिसन संयोजक चोभार पौडेलले बताए । प्रतियोगिताको पाँचौ संस्करणको गत बैसाख २९ गते घोराहीमा शुभारम्भ भएको थियो । साथै सोही अवसरमा लिइएको घोराही अडिसनमा १ सय २२ जना कलाकारहरुले भाग लिएका थिए भने ९३ जना दोस्रो राउण्डको लागि छनौट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?