कुकुर समात्दै बन्ध्याकरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
कुकुर समात्दै बन्ध्याकरण

सारांश

  • भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ ।
  • ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
  • छाडा कुकुरको संख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको डा.

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

छाडा कुकुरको संख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको डा. श्रेष्ठले बताए । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ । “छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा श्रेष्ठले भने ।

आज शुक्रबार सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिएका छन् । बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् ।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश बन्लान राणा! आज सुनुवाई हुँदै
प्रधानन्यायाधीश बन्लान राणा! आज सुनुवाई हुँदै
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
नेपाली श्रमिकलाई जापानी सरह सेवा सुविधा
नेपाली श्रमिकलाई जापानी सरह सेवा सुविधा
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु

तपाईंले छुटाउनुभयो कि?