इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • इन्डोनेसिया ।
  • इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।
  • भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको बताइएको छ ।

इन्डोनेसिया । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको बताइएको छ ।

दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने सोमबार साँझकोअर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित छन् । इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । एपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?