चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार

सारांश

  • काठमाडौं, कात्तिक २० – सर्वोच्च अदालतले मंसिरमा हुने चुनावमा खटिएका कर्मचारीलाई समानुपातिकतर्फ मत हाल्न दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न निर्वाचन आयोगलाई नै अधिकार दिएको छ ।
  • महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले चुनावमा खटिनेहरुलाई भोट हाल्न दिने विषयमा संविधान अनुसार निर्णय गर्न आयोगलाई आदेश दिएको हो ।
  • न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले संविधानको धारा, ८४ को उपधारा ५ विपरीत नहुने गरी मतदानको अधिकार व्यवस्था गर्ने जिम्मा आयोगको भएको भन्दै अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ ।

काठमाडौं, कात्तिक २० – सर्वोच्च अदालतले मंसिरमा हुने चुनावमा खटिएका कर्मचारीलाई समानुपातिकतर्फ मत हाल्न दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न निर्वाचन आयोगलाई नै अधिकार दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले चुनावमा खटिनेहरुलाई भोट हाल्न दिने विषयमा संविधान अनुसार निर्णय गर्न आयोगलाई आदेश दिएको हो ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले संविधानको धारा, ८४ को उपधारा ५ विपरीत नहुने गरी मतदानको अधिकार व्यवस्था गर्ने जिम्मा आयोगको भएको भन्दै अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ । संविधानमा ‘१८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतादान गर्ने अधिकार हुनेछ’ भन्ने व्यवस्था छ ।

तर मतदाता नामावली सम्बन्धी ऐनले भने चुनावमा खटिने कर्मचारीले आफू खटिएकै केन्द्रबाट समानुपातिकतर्फ भोट खसाल्नका लागि अस्थायी नामावली संकलन गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले अस्थायी नामावली संकलन नगर्ने निर्णय यसअघि नै गरिसकेको छ । आयोगले आफ्नो निर्णय कार्यान्वयन गरे चुनावमा खटिने ५ लाख भन्दा धेरै कर्मचारीले भोट खसाल्न पाउने छैनन् ।

यो विषयमा सुझाव दिन सर्वोच्चले आज दुई जना वरिष्ठ अधिवक्तालाई ‘एमिकस क्युरी’का रुपमा झिकाएको थियो । त्यसमध्येका एकजना संविधानविद् चन्द्रकान्त ज्ञवालीले अदालतले आज दिएको आदेश बाध्याकारी नभएको बताउनुभयो । आयोगले चाहेमा चुनावमा खटिने कर्मचारीको अस्थायी मतदाता नामावली बनाएर भोट हाल्न दिन सक्ने छ । कर्मचारीले भोट हाल्न नपाएमा पनि अदालतले आज दिएको आदेशको उल्लंघन नहुने ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी
विद्रोही उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी
मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस
करातेमा नेपालका १० स्वर्ण पदक
करातेमा नेपालका १० स्वर्ण पदक
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
माओवादी अध्यक्ष दाहाल आज चितवन जाने
माओवादी अध्यक्ष दाहाल आज चितवन जाने
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
राष्ट्रियसभा बैठकमा सांसदका समस्याका चाङ
राष्ट्रियसभा बैठकमा सांसदका समस्याका चाङ