कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने

सारांश

  • काठमाडौं, १८ बैशाख ।
  • कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने ।
  • हो, मानिसहरु रक्सीका लागि कतिसम्म मरिहत्ते गर्छन् भने कतै अवैध मदिरा खाल्डोमा फाल्ने काम पनि भइरहेकै छ ।

काठमाडौं, १८ बैशाख । कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने । हो, मानिसहरु रक्सीका लागि कतिसम्म मरिहत्ते गर्छन् भने कतै अवैध मदिरा खाल्डोमा फाल्ने काम पनि भइरहेकै छ ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले लागूऔषध नियन्त्रणको महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ शान्तिटोलका बस्तीहरुमा अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा बैशाख १६ र १७ गते घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ठूलो परिमाणको कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ वडा नं. १४ का वडाध्यक्ष, अन्य जनप्रतिनिधिहरु, पत्रकार लगायतको रोहवरमा वडा प्रहरी कार्यालय रामबजारको हाताभित्र नष्ट गरिएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपकबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तयारी घरेलु मदिरा ५ सय लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ३१ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने भाँडा ९ सेट र कच्चा पदार्थ राख्न प्रयोग गरिने प्लाष्टिकका ड्रम ७५ सेट नियन्त्रणमा लिएको छ ।

घरेलु मदिरा तथा बरामद भएका कच्चा पदार्थहरु उपस्थित जनप्रतिनिधि तथा पत्रकारहरुलाई जानकारी गराउँदै वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक दीपकबहादुर केसीले व्यवसायिक प्रयोजनकै लागि घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गर्नु कानुन विरुद्धको कार्य भएको बताए । उनले यस्ता क्रियाकलापलाई निस्तेज पार्न वडा प्रहरी कार्यालय रामबजार लागिपरेको र यसको नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?