गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट

सारांश

  • काठमाडौँ, ६ भदौ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

काठमाडौँ, ६ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदूतसँग आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाइने प्रतिवद्धता व्यक्त गरेका थिए । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको भन्दै दुःख पनि व्यक्त गरे ।

राजदुत साइगोले आफू गत जुन महिनामा मात्रै नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताए । उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

राजदूत साइगोले आफूलाई कृषि क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषि क्षेत्रको विकसका लागि समेत पहल गर्ने बताए । नेपालमा बिभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत उनले गृहमन्त्री थापासँग आग्रह गरेका थिए ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूतले बताए । गृहमन्त्री थापाले राजदूत साइगोलाई कार्यकाल सफलताको लागि शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा
अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार
सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार

तपाईंले छुटाउनुभयो कि?