वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
४२ पटक हेरिएको
Shares
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?

सारांश

  • वीरगन्ज- २ नम्बर प्रदेशको एकमात्र महानगरको मेयर पदमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगीले काँग्रेसका अजय द्विवेदीलाई २ हजार १ सय ९६ मतले पराजित गरे ।
  • मेयरमा निर्वाचित विजय सरावगी वीरगंजको व्यापारिक घरानाका सन्तान हुन् ।
  • अलखियामठमा पुस्तैनी घर भएका सरावगी परिवारका सदस्य विजयका वुवा चिरञ्जीवि पुरानो व्यवसायी मात्रै नभएर वीरगंज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् ।

वीरगन्ज- २ नम्बर प्रदेशको एकमात्र महानगरको मेयर पदमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगीले काँग्रेसका अजय द्विवेदीलाई २ हजार १ सय ९६ मतले पराजित गरे ।

मेयरमा निर्वाचित विजय सरावगी वीरगंजको व्यापारिक घरानाका सन्तान हुन् । अलखियामठमा पुस्तैनी घर भएका सरावगी परिवारका सदस्य विजयका वुवा चिरञ्जीवि पुरानो व्यवसायी मात्रै नभएर वीरगंज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् । बुवासँगै रहेर व्यापार व्यवसायको काम गरेकोले उद्योग व्यवसाय र व्यापारीसँग विजयको परिचय राम्रो रह्यो ।

विर्ता स्थित त्रिजृुद्ध माविबाट माध्यमिक शिक्षा लिएका सरावगीले प्रविणता प्रमाण पत्र तहको अध्ययन भने वीरगंजको हरिखेतान क्याम्पसबाट गरेका छन् । दिनमा व्यापार र रात्री कक्षामा क्याम्पसको पढाईसंगसंगै अघि बढाएका सरवागीले हरिखेतानबाटै व्यवास्थापन संकायमा स्नातक तह पास गरे । उनी व्यवस्थापन संकायको पहिलो व्याचको विद्यार्थी भएको क्याम्पस प्रमुख डा. भागवान यादवले जानकारी गराए । त्यसपछि सरावगी ‘चार्टर्ड एकाउन्टेन्ट’ बन्ने ईच्छा बोकेर भारत पसेका थिए ।

भारतमा गई तीन वर्ष अध्ययन पुरा गरेका सरावगीले परीक्षा दिने बेलामा भने समस्या आईलाग्यो । उनले परीक्षा दिने समयमा नै नेपाली विद्यार्थीहरुको लागि भारतमा नयाँ शैक्षिक नीति लागु भयो र नेपाली विद्यार्थीहरुले कलकत्ताबाट परीक्षा दिनु पर्ने अवस्था आयो । जसले गर्दा उनी परीक्षा नै नदिई नेपाल फर्किएका थिए ।

त्यसपछि बुवाको पुस्तैनी साबुन व्यवसायमा हात हाल्न थालेका उनले कहिल्यै पछाडि फर्केर हेर्न परेन । चिरञ्जीवि सरावगीले नेपालमै पहिलो साबुन कारखाना खोलेका थिए । साबुन कारखानामा आधुनिक प्रविधि भित्रिएपछि उनले त्यसलाई बन्द गरेर खाद्य उद्योगमा हात हाले । २०६० सालमा वीरगञ्जमा सरवागी लगायत व्यवसायीहरु मिलेर वीरगञ्ज फाइनन्स स्थापना गरे । पछि त्यो फाइनाइन्स हिमचुली विकास बैंकसग मर्ज भएर एच एण्ड बि बैंक बन्यो र फेरि विभोर सोसाइटीसंग मर्ज भएर अहिले लुम्बिनी विकास बैंक बनेको छ ।

एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सरावगीको छपकैयामा रहेको एशियन मेडिकल कलेजमा (एमबि डेन्टल कलेज ), ज्ञानदा एकेडेमी ,नारायाणी एफएम लगायत विविध क्षेत्रमा लगानी छ । उद्योग व्यपारसँगै उनले सामाजिक काम गरेर पनि छवीलाई उचो बनाएका छन् ।
उपमेयरमा काँग्रेसकी शान्ति कार्की निर्वाचित वीरगञ्ज महानगरपालिकाको उपेयरमा भने नेपाली काँग्रेसकी शान्ति कार्की निर्वाचित भएका छन् । उपमेयरमा काँग्रेसकी शान्ति कार्की प्रतिद्वन्दी भन्दा १०७७ मत बढी ल्याएर निर्वाचित भए ।

उनले १९६०७ मत ल्याउँदा उपमेयरमा फोरम नेपालकी पिंकी यादवले १८५३० पाईन् । एमालेकी सोफिया आचार्य १०३४१ मत, राजपाकी रम्भा मिश्रा १०६६३ मत, माओवादी केन्द्रकी दुर्गा क्षेत्री ५०२८मत ल्याएका छन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेकी ८७ बर्षिया शान्ति कार्की अविवाहित महिला हुन् । उनले १७ वर्षकै उमेर देखि नै नेपाल विधार्थी संघबाट काँग्रेसको राजनीति शुरु गरेकी हुन् । कार्कीलाइ राजनीतिमा लागेको सात दशक पछि मात्रै पार्टीले योगदानको कदर गर्दै स्थानीय तहको निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?