निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति

सारांश

  • काठामडौं,१७ असाेज ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सिंगो मुलुक आन्दोलित भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।
  • निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै फेरि कञ्चनपुरमा आन्दोलन सुरु भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताएका छन्।

काठामडौं,१७ असाेज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सिंगो मुलुक आन्दोलित भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन। निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै फेरि कञ्चनपुरमा आन्दोलन सुरु भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताएका छन्।

गृहमन्त्री थापाले सरकारले सो घटनाका सम्बन्धमा छानवीन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको भन्दै असन्तुष्टि जनाए। बुधबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले सो घटनाका दोषीलाई कानुनी कार्वाही गर्न अझै केही समय लाग्ने बताए। ‘कयौं अपराधका घटनामा संलग्नहरु १३ वर्ष पछि पनि कठघरामा आएका छन,’ गृहमन्त्री थापाले भने, सरकारले चाहँदा चाहँदै पनि समय लाग्न सक्छ।’ गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका जघन्य अपराधका ९० प्रतिशत भन्दा बढी घटनाका दोषीलाई सरकारले कार्वाही गरेको र निर्मला प्रकरणका दोषीलाई पनि छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता दोहो¥याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?