कपाल काेर्न नमान्दा छाेरीकाे हत्या
सारांश
- झापा, ७ भदाै ।
- झापामा एक आमाले कपाल कोर्न नमानेको भन्दै नाबालक छोरीको हत्या गरेकी छन् ।
- बिर्तामोड नगरपालिका-५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बूले छोरीलाई कुटपिट गरी ज्यान लिएकी हुन् ।
झापा, ७ भदाै । झापामा एक आमाले कपाल कोर्न नमानेको भन्दै नाबालक छोरीको हत्या गरेकी छन् । बिर्तामोड नगरपालिका-५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बूले छोरीलाई कुटपिट गरी ज्यान लिएकी हुन् ।
आठ वर्षीया छोरीलाई स्कुल पठाउने क्रममा कपाल कोर्न नमानेको भन्दै लिम्बूले लाठीले कुटपिट गरेकी थिइन् । हेमन्ताले लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङ लिम्बूको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया